झलनाथ खनालको क्षेत्रमा १४ घण्टादेखि मतगणना स्थगित

इलाम | मंसिर ७, २०७९

झलनाथ खनालको क्षेत्रमा १४ घण्टादेखि मतगणना स्थगित

इलाम:   इलाममा क्षेत्र नम्बर १ मा १४ घण्टादेखि मतगणना रोकिएको छ । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको यो क्षेत्रमा मतगणना रोकिएको हो ।


कर्मचारीले जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धन तर्फका राजनीतिक दलले मतगणना बहिस्कार गरेपछि गएराति करिब ८ बजेदेखि मतगणना रोकिएको हो । विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।


यो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले खनाललाई पछि पारेका छन् । बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्